२०८३, कार्तिक १२ गते बिहीबार

बलम्बु च्याउ सहकारी संस्था लिको १६औं वार्षिक साधारणसभा सम्पन्न, नया कार्य सिमित निर्वाचित

बलम्बु च्याउ सहकारी संस्था लिको १६औं वार्षिक साधारणसभा सम्पन्न, नया कार्य सिमित निर्वाचित


  • मेरोभ्यूज
  • माघ १, २०८१ मंगलबार

  • बलम्बु च्याउ सहकारी संस्था लिको १६औं वार्षिक साधारणसभा सम्पन्न, नया कार्य सिमित निर्वाचित

    काठमाडौं । बलम्बु च्याउ सहकारी संस्था लिको १६औं वार्षिक साधारणसभा हालै संस्थाका अध्यक्ष अमरदिप सिंह महर्जनको सभापतित्व, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा बलम्बुको क्वाथः मैदानमा सम्पन्न भयो ।

    विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न उक्त सभामा उल्लेख्य सदस्यहरुको सहभागिता रह्यो ।

    स्थानीय बाजा खलःहरुलाई सम्मान गरिएको उक्त सभामा संस्थाका दुई असल बचतकर्ता सदस्य, दुई असल ऋणी सदस्य, एक असल शेयर सदस्य र एक युवा उद्यमीलाई पनि सम्मान गरिएको थियो ।

    संस्थाका क्यान्सर पीडित सदस्य अञ्जली श्रेष्ठलाई उपचारार्थ रु.५०,०००/-नगद सहयोग पनि गरिएको थियो ।

    संस्थाको यस चुनावी वार्षिक साधारणसभाबाट संचालक समितिको अध्यक्षमा  अमरदिप सिंह महर्जन, उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुजिन्द्र महर्जन, कोषाध्यक्षमा प्रदिप महर्जन, सदस्यहरुमा धर्मेन्द्र महर्जन, राम महर्जन, दानबहादुर महर्जन तथा लेखा सुपरिवेक्षण समिति संयोजकमा पुष्कर महर्जन, सदस्यद्वयमा जितबहादुर महर्जन र मिलन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो ।


    प्रकाशित : मंगलबार, माघ १ २०८१११:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार