२०८३, कार्तिक १२ गते बिहीबार

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न, नया कार्य समिति चयन

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न, नया कार्य समिति चयन


  • मेरोभ्यूज
  • माघ १, २०८१ मंगलबार

  • हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न, नया कार्य समिति चयन

    काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ हालै वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ ।

    चन्द्रागिरि नगरपालिका वडा नम्बर १२, बलम्बुमा अवस्थित इभर भिजन स्कुलको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभा अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि बलम्बुका द्वारे पूर्णबहादुर महर्जन, संस्थाका सल्लाहकार ज्योतिराम फुयाल, डा.विजयकुमार पौडेलको उपस्थितिमा प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष निरज नकर्मीले स्वागत मन्तव्य तथा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राजमान महर्जनले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव सम्पुर्ण महर्जनले सञ्चालन गर्नु भएको थियो ।

    साधारणसभाले सस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा निरज नकर्मीलाई चयन गरेको छ भने उपाध्यक्षमा राजमान महर्जन, सचिवमा सम्पुर्ण महर्जन तथा कोषाध्यक्षमा राजेन्द्र महर्जनलाई चयन गरेको छ । यसैगरी संचालक सदस्यहरुमा नारायणकृष्ण महर्जन, संगीता महर्जन र सुरेश महर्जन चयन भएका छन् ।

    यसैबीच लेखा संयोजकमा हरिकृष्ण महर्जन, सदस्यद्वय अशोक महर्जन र ममता श्रेष्ठलाई चयन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : मंगलबार, माघ १ २०८१११:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार