काठमाडौं । विजयेश्वरी माता जचत तथा ऋण सहकारी संस्थालिको विजयश्वरी मन्दिर परिसर, विजयेश्वरी, काठमाडौंले सत्रौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
विजयेश्वरी मन्दिर परिसर, काठमाडौंमा सोमबार सस्थाका अध्यक्ष बालमुकुन्द मुल्मीको सभापतित्व भएको साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष मुल्मीद्वारा प्रस्तुत २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी साधारणसभाले आव २०८०/०८१ को सस्थाको वासलात, आयव्याय विवरण, आव २०८१/०८२ को सस्थाको कार्यक्रम तथा बजेट सम्बन्ध पारित गरेको छ भने लेखा समितिको प्रतिबेदन, सस्थाले गरेको निर्णय अनुमोदन सम्बन्ध, आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत प्रतिबेदन अनुसार चालू आवमा सस्थाको शेयर पूँजी एक करोड ४० लाख रुपैयाँ हुँदा बचत तथा निक्षेप नौ करोड रुपैयाँ भएको छ ।
यसैगरी कर्जा लगानी सात करोड रुपैयाँ भइ एक करोड रुपैयाँ आम्दानी तथा ९० लाख रुपैयाँ खर्च गरी सस्थाले चालू आवमा १९ करोड ३० लाख रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा अध्यक्ष मुल्मीले सस्थाको बार्षिक गतिविधि बारे प्रकाश पार्दै सस्थाले गतिशीलता हाँसिल गरिरहेको र सदस्यहरुलाई निरन्तर सेवा दिइरहेको बताए भने सदस्यहरुको शेयर रकम, बचत रकम सुरक्षित रहेको जानकारी दिँदै निर्देशिका बमोजिम अगाडि बढिरहेको बताउँदै आव २०८०/०८१ को वित्तिय विवरणसमेत प्रस्तुत गरेका थिए ।
यसैबीच अतिथिको आसनमा रहेका सहकारी अभियन्ता, धार्मिक व्यक्तित्व, समाजसेवी, विभिन्न संघ/सस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा विविध कार्यक्रमसमेत गरी साधारणसभा सम्पन्न भएको थियो ।

