२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’

पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’


  • मेरोभ्यूज
  • माघ २, २०८१ बुधबार

  • पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’

    धरान, सुनसरी । विराटनगरबाट साथीहरुसँगै घुम्न आएकी मनिशा मेहेता धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाँडामाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहेको अवस्थामा भेटिए ।

    धरानबाट तीन किलोमिटर हाइकिङ गर्दै यहाँ आइपुएकी उनले पहिलोपटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताए ।

    विराटनगरकै डेनिस खानले फेसबुक र टिकटकमा मात्र यो पार्क देखेको थियो । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उनको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरु साथीहरुलाई यहाँ घुम्न आउन अनुरोध गर्छु”, उनले भने ।

    मनिशा र डेनिस मात्रै होइनन्, सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

    धरानको मुख्य बजारबाट छ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन् । यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरु खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् ।

    पहिले उजाड र सुनसान गाउँका रुपमा रहेको यहाँ चार वर्षअघि मात्र पार्क निर्माण गरिएको हो ।

    साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बरालले बताए । उनले भने, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिएको छ ।”

    पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरुको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताए । पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरुको आकर्षण बढेको हो ।

    सुरुमा रु.पाँच करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी सात करोड पुगेको जनाइएको छ । पार्क अढाइ बिघा क्षेत्रफलमा फैलिएको छ ।


    प्रकाशित : बुधबार, माघ २ २०८११०:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार