२०८३, कार्तिक १७ गते मंगलबार

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्छ : अध्यक्ष प्रचण्ड

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्छ : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • माघ ३, २०८१ बिहीबार

  • बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्छ : अध्यक्ष प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको छ ।

    चितवनको माडी नगरपालिका-१ वनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताएको हो ।

    अध्यक्ष प्रचण्डले भजे - "बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।"

    उनले बोटे समुदायको प्रगति भएको बताए । अध्यक्ष दाहालले भने - "तपाईँहरु जो नदीको तीरमा बसेर डुङ्गा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुगेको छ, पक्कै पनि यो तपाईँहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।"

    चितवनको माडी नगरपालिका-१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुगेका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।

    सो अवसरमा अध्यक्ष दाहालले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गरेको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए ।

    अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उनले बोटे संस्कृतिसँग साक्षत्कार गरेको थियो ।


    प्रकाशित : बिहीबार , माघ ३ २०८१०९:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार