२०८३, कार्तिक १२ गते बिहीबार

पिपुल्स पावर लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न

पिपुल्स पावर लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • माघ २०, २०८१ आइतबार

  • पिपुल्स पावर लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । पिपुल्स पावर लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    आइतबार टोखा काठमाडौंमा कम्पनीका अध्यक्ष टङ्कराज अर्यालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष अर्यालद्वारा प्रस्तुत आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने लेखापरीक्षकको प्रतिबेदनसहित आव २०८०/०८१ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभामा पारित भएका छ्न ।

    त्यसैगरी आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, सुशासन प्रतिबेदनलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    साधारणसभामा प्रस्तुत प्रतिबेदन अनुसार आव २०८१ मा कम्पनीले १,८७,०८,०७० किलो घण्टा विद्युत उत्पादन गर्न सफल भएको छ भने चालु आव २०८१/०८२ को पहिलो त्रैमासिकमा पुवा दुई जलविद्युत आयोजनाले तीन करोड एक लाख ४५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

    यसैबीच हाल कम्पनीको चुक्ता पूँजी ६३,२६,००,००० रुपैयाँ रहेको छ भने ऋण कर्जा ३५,३१,३०,००० रुपैयाँ रहन गएको छ । इलाम जिल्लामा रहेको ४.९६ मेगा वाट क्षमता रहेको पुवा दुई जलविद्युत आयोजनाको केन्द्रिय कार्यालय भने कुर्सानीटार काठमाडौंमा रहेको छ ।


    प्रकाशित : आइतबार, माघ २० २०८११०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार