काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, बत्तिसपुतलीमा बिहीबार कम्पनीका अध्यक्ष राजेशकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/०८१ को कम्पनीको बार्षिक प्रतिबेदन पारित गरेको छ ।
आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रतावहरु साधारणसभामा पारित भएका छ्न ।
चालू आवमा पटक/पटक आएको झरी बर्सातका कारण बाढी आइ हाइड्रोपावरमा क्षति पुर्याएकोले विद्युत उत्पादन बिक्रीमा अवरोध भइ नाफा कमाउन नसकेता पनि हाल कम्पनीको पुनर्निर्माण कार्य भइरहेको जानकारी साधारणसभामा दिइएको थियो ।
कम्पनीको आयोजना सम्पन्न हुँदाको बखत १ अर्व ८० करोड बैंक कर्जा रहेकोमा हालसम्ममा साबिकको सावाँ रु. ६३,०२,३५,७०० रहन गएको छ भने पुनर्निर्माणको लागि रु. १,२९,०८,५३,३०० गरि कम्पनीको कुल कर्जा रु. १,९२,१०,८९,००० रहेको र आयोजना पुनर्निर्माणमा करिब रु. १,३३००,००,००० लाग्ने अनुमान गरिएको कम्पनीले बताएको छ ।
आगामी चैत बैशाखबाट पुनःविद्युत उत्पादन भइ बिक्रीको थालनी हुनेसमेत आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।
साथै साधारणसभाले आगामी कार्यकालको लागि कम्पनीको संचालक सदस्यहरुमा राजेशकुमार श्रेष्ठ, रघुनाथ पुरी, हिमा तिम्सीना, यज्ञप्रसाद चापागाईं, साजन काफ्ले, निश्चल खरेल र स्वतन्त्रबाट प्रकृतिराज तिमिल्सिनालाई निर्वाचित गरेको छ ।

