२०८३, कार्तिक १२ गते बिहीबार

कोइलाबास नाकामा चहल-पहल घटेसँगै राजस्व पनि घट्यो

कोइलाबास नाकामा चहल-पहल घटेसँगै राजस्व पनि घट्यो


  • मेरोभ्यूज
  • माघ ३०, २०८१ बुधबार

  • कोइलाबास नाकामा चहल-पहल घटेसँगै राजस्व पनि घट्यो

    दाङ । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेका थिए ।

    नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवत-जावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ ।

    “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवत-जावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।

    गत साउनमा रु १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु दुई लाख ७६ हजार कम राजस्व सङ्कलन भएको छ ।

    भदौमा रु १३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु छ लाख राजस्व सङ्कलन भएको छ । लक्ष्यभन्दा रु सात लाख कम राजस्व सङ्कलन भएको छ । असोजमा रु १३ लाख २६ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु सात लाख सङ्कलन भएको छ । यो लक्ष्यभन्दा रु छ लाख कम हो ।

    कात्तिकमा रु १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु नौ लाख सङ्कलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा रु तीन लाख कम राजस्व सङ्कलन भएको छ ।

    मङ्सिरमा रु १३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु नौ लाख सङ्कलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा रु चार लाख ७६ कम राजस्व सङ्कलन भएको छ ।

    पुसमा रु १३ लाखको लक्ष्य लिएकोमा रु ३० लाख सङ्कलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु १७ लाख बढी राजस्व सङ्कलन भएको निमित प्रमुख रजौरे बताए । भन्सार कार्यालयले चालु आवमा रु एक करोड ६५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताए ।

    कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले जानकारी दिए । भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु छ सय र मोटरसाइकलबाट प्रतिदिन रु दुई सय लिने गरेको उनले बताए ।

    भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।

    भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ ।


    प्रकाशित : बुधबार, माघ ३० २०८११०:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार