२०८३, कार्तिक १२ गते बिहीबार

खानी खोला हाइड्रोपावरको १२औं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको १२औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • फाल्गुण १, २०८१ बिहीबार

  • खानी खोला हाइड्रोपावरको १२औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    धुम्बाराही, काठमाडौंमा हालै कम्पनीका अध्यक्ष विजयमान शेरचनको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष शेरचनद्वारा प्रस्तुत कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदनसहित वासलात, नाफा/नोक्सान हिसाब पारित गरेको छ भने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, संचालक समिति हेरफेर अनुमोदन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आव २०८०/०८१ मा कम्पनीको अधिकृत पूँजी ५० करोड रहेको छ भने जारी पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ ।

    आव २०८१ को अन्तसम्म टुङगुन ठोस्ने जलविद्युत आयोजनाबाट रु ५६,५३,७१,९२१/५४ र खानी खोला जलविद्युत आयोजनाबाट रु १६,९२,८५,३७९/०२ गरि जम्मा रु ७३,४६,५७,३००/५६ पैसा बराबरको विद्युत बिक्री गर्न कम्पनी सफल भएको छ ।

    त्यसैगरी कम्पनीले विभिन्न बैंक तथा वित्तीय सस्थाहरुबाट लामो तथा छोटो समयको लागि चालु आवमा ८५,५५,८८,२८५ रुपैयाँ ऋण लिएको आयोजित साधारणसभामा जानकारी दिइएको थियो भने नेपाल विद्युत प्राधिकरणको विभिन्न कमी कम्जोरीका कारण ४६ करोड रुपैयाँ खानी खोला हाइड्रोपावरलाई नेविप्राले अझ बुझाउन पर्ने कम्पनीले जनाएको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट राखिएका जिज्ञासाको जवाफ अध्यक्ष शेरचन र प्रबन्ध संचालक भरत लामिछाने थापाले दिएका थिए । विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : बिहीबार , फाल्गुण १ २०८१११:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार