काठमाडौं । बृहत दरबार स्क्वायर बहुउद्देश्यीय सहकारी सस्था लि. धर्मपथ, काठमाडौंको २२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
क्षत्रपाटी, काठमाडौंमा सस्थाका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न सो साधारणसभाले अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत सस्थाको बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले आव २०८०/०८१ को वासलात, नाफा-नोक्सान हिसाब, आर्थिक विवरण सम्बन्ध पारित गरेको छ भने सस्थाले गरेको निर्णय अनुमोदन सम्बन्ध, आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरू साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आवमा सस्थाको शेयर पूँजी १ करोड ४७ लाख ७८ हजार ८०० रुपैयाँ हुँदा बचत तथा निक्षेप १३ करोड ८१ लाख ७ हजार ९२४ रुपैयाँको भएको छ । कर्जा सापटी १५ करोड ६६ लाख ६ हजार ६६४ रुपैयाँ रहेको सो सहकारीको जगेडा कोष भने २ करोड ५२ लाख ८६ हजार २३० रुपैयाँ रहन गएको छ । ६३ लाख ८५ हजार ८३१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भइ चालू आवमा १९ करोड ६० लाख ७१ हजार ४६२ रुपैयाँको कुल कारोबार गर्न सहकारी सफल भएको छ ।
साधारणसभामा सस्थाका अध्यक्ष श्रेष्ठले सस्थाको बारेमा प्रकाश पार्दै वर्तमान गतिविधि तथा भावी योजनाबारे सभा समक्ष आफ्नो भनाइ व्यक्त गरेका थिए भने सचिव सुरेशलाल शाक्यले सस्था गतिशीलताका साथ अघि बढने सदस्य सेवालाई ध्यानमा राखिने बिश्वासको वातावरण सृजना गरी कारोबार वृद्धि गरिने जानकारी गराए, यसैबीच १० प्रतिशत लाभांश वितरण गर्ने घोषणासहित साधारणसभा सम्पन्न भएको थियो ।

