२०८३, कार्तिक १२ गते बिहीबार

दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम


  • मेरोभ्यूज
  • फाल्गुण ५, २०८१ सोमबार

  • दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

    काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम भएका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससद्वारा आयोजित सो प्रतियोगितामा पुरुषतर्फ सम्पादन सहयोगी छविलाल कुमाल र महिलातर्फ फोटो सम्पादक सीता भट्टराई दोस्रो भए । रासस केन्द्रीय कार्यालयबाट सुरू भएको एक किलोमिटर दूरीको मैत्रीपूर्ण दौड प्रतियोगितामा २५ जना सहभागी थिए ।

    राससका महाप्रबन्धक सिद्धराज राईले प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरे । सो क्रममा उनले खेलकूदले स्वास्थ्यसँगै कर्मचारीबीचमा सामूहिक भावना जागृत गर्ने भएकोले यसबाट हार्दिकता कायम हुने विश्वास व्यक्त गरे ।


    प्रकाशित : सोमबार, फाल्गुण ५ २०८१११:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार