काठमाडौं । स्वयम्भू महोत्सवका अवसरमा काठमाडौं महानगरपालिका वडा नं. १५ को संयोजक तथा सहयोगमा समाजसेवी एवं लेखक आशाराम दोङ लामाले तयार पारेको स्वयम्भू महाचैत्य बारे वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनी गरेका थिए ।
बागमती प्रदेशका माननीय एवं पूर्वमन्त्री उद्धव थापाले सो प्रदर्शनीको उद्घाटन गर्दै सो वृत्तचित्र बारे आफ्नो धारणा राखेका थिए । उनले यससँग सम्बन्धित आनन्दकुटी विहार, तीन प्रकारका बुद्धधर्म बारे पनि जानकारी दिएका थिए ।
यसैगरी राजनीतिज्ञ एवं समाजसेवी केदार धमलाले स्वयम्भू चैत्य परिसरमा रहेका दूधकुण्ड, अजिमा, स्वेत गणेश, सरस्वती गुम्बा, वस पार्क गुम्बा, तामाङको स्थापनालगायतका विषयमा यस वृत्तचित्रमा समावेस गरिनु पर्ने सुझाव दिएका थिए ।
साथै कार्यक्रमका सभापति दोङले स्वयम्भू महाचैत्य बारे वृत्तचित्र तयारीका साथै स्वयम्भू परिसरमा ६० घर तामाङ वस्ती रहेको र उनीले स्वयम्भू चैत्यमा चौकीदारी गर्ने, पानी पुर्याउने र चुना लगाउनका लागि सहयोगीको भूमिका निभाउने गरी वस्ती बसाएको बारे जानकारी दिए ।

