२०८३, कार्तिक १२ गते बिहीबार

पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द


  • मेरोभ्यूज
  • पौष २१, २०७८ बुधबार

  • पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

    पाल्पा । जिल्ला अस्पताल पाल्पा (पाल्पा अस्पताल)मा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।

    निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।

    अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।

    मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ ।


    प्रकाशित : बुधबार, पौष २१ २०७८०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार