काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बत्तिसपुतली, काठमाडौंमा आइतबार कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले आव २०७९/०८० को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
कम्पनीको लेखापरीक्षकको प्रतिबेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८१ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध १४ प्रतिशत लाभांश वितरण गर्नेलगायतको प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले हाल कम्पनीमा रहेको चुक्ता पूँजी ८,०२,०३,८३,६०२ मा १४ प्रतिशतको दरले हुन आउने रकम १,१२,२८,५३,७०४ रुपैयाँ बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । बोनश शेयर जारी पश्चात् कम्पनीको चुक्ता जारी पूँजी ९,१४,३२,३७,३०६ रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी २०८१ पुस मसान्तसम्ममा विभिन्न बैंकहरुको मुद्दती तथा शेयर लगानी रकम ७१,०६,७१,६५,८१० रुपैयाँ र जीवन बीमा कोषमा ७०,४०,२१,३३,२८१ रुपैयाँ रहने कम्पनीले जानकारी गराएको छ ।
यसैगरी आयोजित साधारणसभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाको जवाफ कम्पनी अध्यक्ष अग्रवाल र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले दिएका थिए । अन्य विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

