काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २०औं बार्षिक साधारणसभा सम्पन्न गरेका छन् ।
थापाथली काठमाडौंमा मंगलबार कम्पनीका अध्यक्ष गौरव अग्रवालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले कम्पनीको संचालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदनसहित विभिन्न वित्तिय विवरणहरु, आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, १० प्रतिशत वोनस शेयर सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न् ।
साधारणसभाले कम्पनीमा हाल कायम रहेको चुक्ता पूँजी रु २,६५,४९,४७,३०० मा ०.५२६३ प्रतिशतको दरले रु १,३९,७३,४०३ प्रस्तावित लाभांशको कर प्रयोजनार्थ गरेको छ भने कायम चुक्ता पूँजीको १० प्रतिशतको दरले रु २६,५४,९४,७३० वोनस शेयर पारित गरेको छ ।
कम्पनीको हाल बीमा कोषको रकम रु १६९ करोड रहेको र केही बर्स भित्र रु २५० करोड कायम हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी आव २०८१ मा कम्पनीले रु ४४ करोड ५३ लाख खुद नाफा आर्जन गर्न सफल हुँदा २० बर्षमा यात्रा गरिरहँदा आफ्नो कम्पनीको नेटवर्थ रु ५ अर्व ३६ करोड पुर्याउन कम्पनी सफल भएको छ ।
साधारणसभामा शेयरधनीहरुबाट आएका जिज्ञासाको जवाफ कम्पनी अध्यक्ष अग्रवाल र कार्यकारी प्रमुख दीपप्रकाश पाण्डेले दिएका थिए । यसैगरी विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

