२०८३, कार्तिक १२ गते बिहीबार

सार्क विजनेस एसोसिएसनको १३औं बार्षिक साधारणसभा सम्पन्न

सार्क विजनेस एसोसिएसनको १३औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • फाल्गुण १७, २०८१ शनिबार

  • सार्क विजनेस एसोसिएसनको १३औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सार्क विजनेस एसोसिएसन अफ होम बेसड वर्कस नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    भैसेपाटी, ललितपुरमा शनिबार एसोसिएसनकी अध्यक्ष अप्सरा महर्जनको सभापतित्व तथा बागमती प्रदेश उद्योग मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले एसोसिएसनको आव २०८०/०८१ को बार्षिक प्रगति प्रतिबेदन पारित गरेको छ ।

    आव २०८०/०८१ को आर्थिक प्रतिबेदन, वासलात, नाफा/नोक्सान हिसाब, आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध लगायतका प्रस्तावहरू साधारणसभामा पारित भएका छ्न् ।

    साधारणसभामा प्रस्तुत चालू आव २०८०/०८१ को प्रतिबेदन अनुसार कम्पनीले १ करोड ८६ लाख ७७ हजार ८४५ रुपैयाँ आम्दानी गरेको छ भने १ करोड २८ लाख ५६ हजार ७८५ रुपैयाँ खर्च गरेको छ ।

    चालू दायित्व १ करोड ६४ लाख १३ हजार ६८१ रुपैयाँ हुँदा कुल सम्पत्ति २ करोड १९ लाख ६५ हजार ८७४ रुपैयाँको हुन गएको छ ।

    त्यसैगरी कम्पनीको कुल खर्च भने २ करोड १३ लाख ७६ हजार २०९ रुपैयाँको भएको छ ।

    यसैगरी साधारणसभामा एसोसिएसनकी अध्यक्ष तथा सभापति महर्जनले कम्पनीको वर्तमान गतिविधि, योजना कार्यक्रम तथा गृह श्रमिकको सशक्तीकरण बारे प्रकाश पारेकी थिइन भने प्रमुख अतिथि मन्त्री तामाङले आभार व्यक्त गर्दै कम्पनीको उत्तरोउतर प्रगतिको कामना व्यक्त गरेकी थिइन ।

    साधारणसभामा बागमती प्रदेश पूर्वमन्त्री रामकृष्ण चित्रकार, नेपाल हस्तकला महासङ्घ सदस्य नविन शाक्य, जनप्रतिनिधि, सुरक्षा निकाय प्रतिनिधिलगायतले शुभकामना व्यक्त गरेका थिए । यसैबीच कम्पनीको भावी योजनासहित साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, फाल्गुण १७ २०८११०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार