२०८३, कार्तिक १७ गते मंगलबार

हुलाकी मार्ग अभियान : सडकभरि स्वागत, चोकचोकमा सभा

हुलाकी मार्ग अभियान : सडकभरि स्वागत, चोकचोकमा सभा


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०८१ शुक्रबार

  • हुलाकी मार्ग अभियान : सडकभरि स्वागत, चोकचोकमा सभा

    सर्लाही । नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान शुक्रबार सर्लाही जिल्लामा रहेको छ ।

    फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै सर्लाही आएको हो । शुक्रबारै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने छ ।

    अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ । विहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् ।

    अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित नेताहरुलाई स्वागत गर्ने गरेका छन् ।

    स्वागतमा सबै उमेर समूह र बढी महिलाहरु सडकमा आउने गरेका छन् ।

    स्वागतपछि चोकचोकमा चोकसभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ ।

    सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरुले संयुक्त स्वागत कार्यक्रम राखेका छन् । सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी हुन्छन ।

    हुलाकी मार्गमा पर्ने स्थानीय तहहरुले अभियान टोलीलाई स्वागत गरिरहेका छन् ।

    जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेका छन् ।

    अभियान टोलीले जनताकै घरमा सामूहिकरुपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ । शुक्रबार सर्लाहीमा अभियान टोली विहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान-प्रदान गरेको थियो ।

    त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मलङ्गवामा जनसभा हुँदैछ ।


    प्रकाशित : शुक्रबार, फाल्गुण २३ २०८१११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार