२०८३, कार्तिक १७ गते मंगलबार

जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०८१ शुक्रबार

  • जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

    सर्लाही । जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

    जनतासँग माओवाद, तराई-मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलङ्गवामा आयोजित जनसभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

    उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेको हो ।

    साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थियो भने २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेको थियो ।

    पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको जानकारी दिए ।

    तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्न सक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको उनले स्पष्ट गरे ।

    अहिले कांग्रेस र एमाले पहिचान बिरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताए ।

    अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


    प्रकाशित : शुक्रबार, फाल्गुण २३ २०८१११:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार