काठमाडौं । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजीव बन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाइ गरिएको छ । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे ।
यही पुस २६ गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दूरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान जान लागेका हुन् ।

