२०८३, कार्तिक १२ गते बिहीबार

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • फाल्गुण २५, २०८१ आइतबार

  • आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

    काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड नक्साल काठमाडौंको २७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, नक्सालमा आइतबार कम्पनीका अध्यक्ष हेमराज ढकालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष ढकालद्वारा प्रस्तुत कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आव २०८०/०८१ को लेखापरीक्षकको प्रतिबेदनसहित वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ३,०२,९३,३४,६३९।२० पैसाको ९.७३६८ प्रतिशतको दरले हुन आउने रकम रु. २९,४९,६१,५३०।७० पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    कम्पनीले गत आव २०७०/०८० मा हासिल गरेको बीमा पृमियम रकम रु. ३ अरब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरि समिक्षा बर्षमा रु.३ अरब ६३ करोड ६१ लाख बीमा सङ्कलन गर्न सफल भएको आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।

    साधारणसभामा शेयरधनीहरुबाट राखिएका जिज्ञासाको जवाफ अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले दिएका थिए ।

    हाल सातै प्रदेशमा ६९ शाखा तथा १४ सेवा केन्द्र गरि ८३ स्थानमा कम्पनीको बलियो उपस्थितिसहित सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । 


    प्रकाशित : आइतबार, फाल्गुण २५ २०८११०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार