काठमाडौं । आइ.एम.ई. लाइफ इन्स्योरेन्स लिमिटेड लैनचौर काठमाडौंको ८औं बार्सिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंको धुम्बाराहीमा आइतबार आयोजित साधारणसभाले संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालद्वारा प्रस्तुत आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने लेखापरीक्षकको प्रतिबेदनसहित आव २०८०/०८१ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्ध पारित भएका छ्न ।
त्यसैगरी साधारणसभाले आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
यसैगरी साधारणसभाले हाल कम्पनीको कायम रहेको चुक्ता पूँजी रु.५,००,००,००,०००।०० को २१.०५२६४ प्रतिशतको दरले हुन आउने रकम रु. १,०५,२६,३२,०००।०० नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको आव २०७९/०८० को तुलनामा प्रथम बीमा शुल्क सङ्कलनमा १२.४२ प्रतिशत नविकरण बीमा शुल्क सङ्कलनमा १३.६६ प्रतिशत र जीवन बीमा कोषमा ३७.४१ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ ।
साधारणसभामा शेयरधनीहरुद्वारा राखिएका जिज्ञासाको समाधान कम्पनी अध्यक्ष अर्याल र प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले गरेका थिए ।
यसैबीच रिक्त रहेको सस्थापक शेयरधनी समूहको तर्फबाट संचालकहरु नियुक्ति अनुमोदन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

