२०८३, कार्तिक ११ गते बुधबार

हुड्के नाच संरक्षण हुन सकेन

हुड्के नाच संरक्षण हुन सकेन


  • मेरोभ्यूज
  • फाल्गुण २५, २०८१ आइतबार

  • हुड्के नाच संरक्षण हुन सकेन

    जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो ।

    यहाँका आठवटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ ।

    तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबैजना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताए ।

    स्थानीय सरकार र सरोकारवालाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उनले गुनासो गरे ।

    “हाम्रो पुस्ताले केही समय त यसको संरक्षणका लागि योगदान गर्यौँ तर एक पक्षले मात्रै चिन्ता गरेर नहुने रहेछ । समाज र सरोकारवालाहरूले पनि चासो राख्नुपर्यो”, उनले भने, “स्थानीय सरकार नगरपालिका र गाउँपालिकालाई संरक्षणका लागि माग राखे पनि त्यसको सुनुवाइ भएन ।”

    सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नाच संरक्षणका बारेमा स्थानीयको गुनासोबारे जानकारी प्राप्त भएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यसलाई सम्बोधन गरिन प्रतिबद्धता व्यक्त गरे ।

    तिला गाउँपालिका–१ का अध्यक्ष जङ्गबहादुर बस्नेत सरकार मात्र नभइ नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा पनि नाच लोप हुन थालेको बताउछन् ।

    आगामी आर्थिक वर्षमा आफ्नो क्षेत्रमा यस्ता परम्परागत संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने बताए ।


    प्रकाशित : आइतबार, फाल्गुण २५ २०८११०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार