२०८३, कार्तिक १२ गते बिहीबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं बार्षिक साधारणसभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश वितरण

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं बार्षिक साधारणसभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश वितरण


  • मेरोभ्यूज
  • फाल्गुण २७, २०८१ मंगलबार

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं बार्षिक साधारणसभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश वितरण

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड बबरमहल काठमाडौंको ३१औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शङ्खमुल काठमाडौंमा मंगलबार कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आव २०८०/०८१ को लेखापरीक्षकको प्रतिबेदनसहित नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलागायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न् ।

    साधारणसभाले कम्पनीको चुक्ता पूँजी रु. २,५०,०१,५७,४००।०० को ८.७५ प्रतिशतका दरले हुन आउने रकम रु. २१,८७,६३,७७३।०० नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाको जवाफ कम्पनी अध्यक्ष श्रेष्ठ र कार्यकारी प्रमुख अन्जु श्रेष्ठले दिएकी थिइन । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : मंगलबार, फाल्गुण २७ २०८११०:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार