काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार शङ्खमुल, काठमाडौंमा कम्पनीका अध्यक्ष रतनलाल केडियाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष केडियाद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
यसैगरी साधारणसभाले विद्यमान चुक्ता पूँजी रु. ४,९५,३०,६५,२२४।०० को ८ प्रतिशतको दरले हुन आउने रकम रु.३९,६२,४५,२१८।०० नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ भने कायम रहेको चुक्ता पूँजीको १.२४८९ प्रतिशतको दरले हुने रकम रु. ६,१८,५८,८३२।०० बोनस शेयर वितरण गर्ने निर्णय गर्दै कम्पनीले चुक्ता पूजी रु.५,०१,४९,२४,०५६।०० वृद्धि गरेको छ ।
कम्पनीको जीवन बीमा कोष समीक्षा बर्ष मा रु.१४,१५,०३,०४,०३२।०० हुन गएको छ भने गत बर्षको तुलनाना ३९.३४ प्रतिशत वृद्धि भइ कुल लगानी रु. १८,४२,८०,४४,९०७।०० हुँदा २८.१९ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ ।
साधारणसभामा शेयरधनीहरुबाट राखिएका जिज्ञासाको जावाफ कम्पनीका अध्यक्ष केडिया र प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले दिएका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

