२०८३, कार्तिक १७ गते मंगलबार

महाविहारमा तामाको छाना लगाइँदै

महाविहारमा तामाको छाना लगाइँदै


  • मेरोभ्यूज
  • चैत्र १३, २०८१ बुधबार

  • महाविहारमा तामाको छाना लगाइँदै

    ललितपुर । यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।

    उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार चार सय वर्षपहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका-१६ मा सारेको इतिहास छ ।

    उनले भने, “रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । वि.सं. २०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिङ्गिटीको छाना लगाइएको थियो ।

    झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र बाँदरले सजिलै क्षति गर्ने भएकोले हाल तामाको छाना लगाउँदैछौँ उपभोक्ता समितिका अध्यक्ष बज्राचार्य जनाए ।”

    हाल कुल लागत रु. २८ लाख ९८ हजार आठसय ७९ मा आगामी वैशाखमा काम सक्नेगरी छाना फेर्ने काम सुरु भएको छ । जसअनुसार बाग्मती प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, पर्यटन विकास आयोजनाअन्तर्गत रु. २५ लाख ९६ हजार एकसय ५१ बजेट छभने सम्पदा संरक्षणका लागि रत्नाकर महाविहार उपभोक्ता समितिले रु. तीन लाख दुई हजार सातसय २७ व्यहोर्ने भएको छ ।

    ललितपुरको अधिकांश ऐतिहासिक सम्पदामा हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा डोरीले क्षति पुर्याउने गरेको र झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा पानी चुहिने समस्या झेल्नु परेको रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचार्यले बताए ।

    नेवारी संस्कारअनुसार गुठीअन्तर्गतका विभिन्न कार्यक्रम महाविहारमा आयोजना गरिन्छ । नेवारी समुदायको परम्पराअनुसार महाविहारमा भेटघाट र भोज हुनेगर्छ ।


    प्रकाशित : बुधबार, चैत्र १३ २०८१११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार