२०८३, कार्तिक १२ गते बिहीबार

सिटिजन लाइफ इन्स्योरेन्सको आठौं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

सिटिजन लाइफ इन्स्योरेन्सको आठौं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • चैत्र १७, २०८१ आइतबार

  • सिटिजन लाइफ इन्स्योरेन्सको आठौं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, थापाथली, काठमाडौंको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, नक्सालमा शुक्रबार कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डेको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष पाण्डेद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    त्यसैगरी आ.व. २०८०/०८१ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध एवं विशेष प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. ३,९३,७५,००,०००।०० को १.४२०२२ प्रतिशतका दरले हुन आउने रकम रु. ५,५९,२१,०५२।६३ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    यसैगरी कायम पूँजीको २६.९८४१२६९८ प्रतिशतले हुने रकम रु. १,०६,२५,००,०००।०० बराबरको वोनस शेयर जारी गरी कम्पनीको चुक्ता पूँजी रु. ५,००,००,००,०००।०० बनाएको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट राखिएका जिज्ञासाको जवाफ अध्यक्ष पाण्डे र सिईओ प्रकाशराज पौडेलले दिएका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    -----


    प्रकाशित : आइतबार, चैत्र १७ २०८१०७:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार