२०८३, कार्तिक १२ गते बिहीबार

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न


  • मेरोभ्यूज
  • चैत्र १९, २०८१ मंगलबार

  • रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

    मन्थली । यहाँको रामेछाप नगरपालिका-६ स्थित ओख्रेनीको च्यास्कुमा आयोजित एकिकृत घुम्ती शिविरमा तीन सय बढी सेवाग्राहीले सेवा लिएका छन् ।

    सो अवसरमा चालु आर्थिक वर्षभित्र भए गरेका काम र उपलब्धिका बारेमा जानकारी गराउन सार्वजनिक सुनुवाइ पनि आयोजना गरिएको थियो ।

    शिविरमा स्वास्थ्य सेवा, कृषि सेवा, तथा पशु सेवा, मनोसामाजिक परामर्श सेवासमेत सञ्चालन भएको थियो । चालु आर्थिक वर्षमा विनियोजित रकम अपेक्षाकृत ढङ्गबाट खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागार्इँले बताए ।

    रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाको आन्तरिक स्रोत नभएका कारण सधै केन्द्र र प्रदेशमार्फत आउने विकास निर्माणका आयोजना पर्खनुपर्ने बताए ।

    उपप्रमुख बाला कार्कीले वर्तमान सरकार सङ्घ, प्रदेश र स्थानीय भएर बनेकाले स्थानीय सरकारले असाध्यै साना योजना मात्र सञ्चालन गर्न सक्ने क्षमता भएकाले पालिकाको अपेक्षाकृत ढङ्गबाट विकास हुन नसकेको बताए ।

    कार्यक्रममा अधिकांश स्थानीयले नगरले गरेका गतिविधिहरु छिटो छरितो नगरेको, विकास निर्माणका काम गर्दा उत्तिकै विनास निम्तिएको र यसअघि भएका सार्वजनिक सुनवाइमा गरिएका प्रतिवद्धताको कार्यान्वयन फितलो भएको आरोप लगाए ।


    प्रकाशित : मंगलबार, चैत्र १९ २०८१०८:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार