२०८३, कार्तिक १२ गते बिहीबार

नेपाल इन्स्योरेन्स कम्पनीको ७६औं बार्षिक साधारणसभा सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनीको ७६औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • चैत्र २०, २०८१ बुधबार

  • नेपाल इन्स्योरेन्स कम्पनीको ७६औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कमलादी काठमाडौंले ७६औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    काठमाडौं, कमलादीमा मंगलबार कम्पनीका अध्यक्ष लक्षमण पौडेलको सभापतित्वमा सम्पन्न सो साधारणसभाले कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आव २०८०/०८१ को लेखापरीक्षकको प्रतिबेदनसहित वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गर्दै आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धसमेत पारित गरेको छ ।

    आयोजित सभामा हाल कायम रहेको कम्पनीको चुक्ता पूजी रु. १,६४,४२,४१,९३९।९४ पैसाको १५ प्रतिशतको दरले हुने रकम रु.२४,६६,३६,२९०।९० पैसा बराबरको वोनस शेयर जारी गरेको छ भने ०.७९ प्रतिशतले हुने रकम रु. १,२९,८०,८५७।४२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी हाल कायम रहेको चुक्ता पूजी वोनस शेयर जारी पश्चात् रु. २,५४,८५,७५,००७।०० कायम हुन गएको छ।

    साधारणसभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरकृष्ण महर्जनले चालू आवमा कम्पनीको गतिविधिबारे प्रकाश पार्दै शेयरधनी तथा ग्राहक वर्गमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे भने अध्यक्ष पौडेलले शेयरधनीबाट आएको जिज्ञासाको जवाफ दिदै सुझावहरुलाई मध्य नजर राखी ग्राहकको सेवामुखी कम्पनी बनाउने विश्वास दिलाए यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

     


    प्रकाशित : बुधबार, चैत्र २० २०८१०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार