२०८३, कार्तिक १७ गते मंगलबार

'नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत' मूल नाराका साथ नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव - २०८१/८२

'नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत' मूल नाराका साथ नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव - २०८१/८२


  • मेरोभ्यूज
  • चैत्र २१, २०८१ बिहीबार

  • 'नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत' मूल नाराका साथ नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव - २०८१/८२

    काठमाडौं । 'नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत' मूल नाराका साथ नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/८२ नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा “नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव-२०८१/०८२” को आयोजना महोत्सव आयोजक समितिका संयोजक सन्दिप महतले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

    संयोजक महतले ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारीको तीनकुने स्थित खुल्ला चौरमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यहीं चैत २८ देखि वैशाख ७ गतेसम्म महोत्सव संचालन हुने जानकारी गराए ।

    उनले महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्री, खाद्यान्नका सामाग्री, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्री बिक्रीका लागि राखिने बताए ।

    औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, अटो मोवाइल, आधुनिक कृषि औजार, मोवाईल, ईलेक्ट्रोनिक्स सामान प्रदर्शनी एवं बिक्रीका लागि स्टलहरु रहने संयोजक महतले जानकारी दिए ।

    यसैबीच महोत्सवमा साना बालबालिकाहरुको लागि बाल उद्यान संचालन गर्दै ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थल रहने जानकारी गराए । साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कससमेत संचालन हुनेछ ।

    यसैगरी औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष दीपक थापाले पर्यटकीय गतिविधि, स्थानीय खाना महोत्सवका साथै दैनिकरुपमा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रियस्तरका कलाकारको हाँस्य व्यङ्ग्य तथा फेशन र्याप तथा नृत्य, नृत्य प्रतियोगिताले महोत्सवमा थप आकर्षण बन्ने हामीले विश्वास लिएका छौं । महोत्सव स्थलमा स्थानीय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी गरेको जानकारी दिए ।

    मेलामा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यस महोत्सवमा एक सय ५० स्टल रहने छ । करिव पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिनुका साथै महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए । यद्यपी विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको पनि उल्लेख छ ।

    भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्नेछन् । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाको प्रस्तुती रहने भक्तपुर सांगतिक साँझ-२०८२ को समेत आयोजन गर्न लागिएको संयेजक महतले जानकारी गराए ।


    प्रकाशित : बिहीबार , चैत्र २१ २०८१११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार