२०८३, कार्तिक १२ गते बिहीबार

विभिन्न प्रस्तावहरु पारित गर्दै सानिमा जिआइसी इन्स्योरेन्सको सातौं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्तावहरु पारित गर्दै सानिमा जिआइसी इन्स्योरेन्सको सातौं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • चैत्र २२, २०८१ शुक्रबार

  • विभिन्न प्रस्तावहरु पारित गर्दै सानिमा जिआइसी इन्स्योरेन्सको सातौं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    काठमाडौं. कालिकास्थानमा बिहीबार कम्पनीका अध्यक्ष कुनाल कयालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष कयालद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले कम्पनीको लेखापरीक्षण प्रतिबेदनसहित आ.व. २०८०/०८१ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु पारित गरेको छ ।

    आयोजित साधारणसभामा कम्पनीको हाल चुक्ता पूँजी रु. २,००,००,००,०००।०० को ०.३९४७ प्रतिशतको दरले हुने रकम रु. ७८,९४,७३७।०० नगद लाभांश प्रस्ताव पारित गर्दै कायम चुक्ता पूँजीको ७.५ प्रतिशतको दरले रु. १५,००,००,०००।०० वोनस शेयर जारी गरेको छ ।

    यसै अनुरुप आगामी आ.व.मा कम्पनीले चुक्ता पूँजी रु. २ अर्व ५० करोड पुर्याउने लक्ष्य राखेको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट आएको जिज्ञासाको जवाफ अध्यक्ष कयाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले दिएका थिए भने अन्य विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शुक्रबार, चैत्र २२ २०८१११:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार