२०८३, कार्तिक १७ गते मंगलबार

बागलुङकाे मालिका भगवती मन्दिर पुन:निर्माण

बागलुङकाे मालिका भगवती मन्दिर पुन:निर्माण


  • मेरोभ्यूज
  • चैत्र २३, २०८१ शनिबार

  • बागलुङकाे मालिका भगवती मन्दिर पुन:निर्माण

    गलकोट । यहाँको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुन:निर्माण थालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रू ५४ लाखबाट पुन:निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिए ।

    “परापूर्वककालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमेन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुन:निर्माण थालिएको हो”, सापकोटाले भने, “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मकरुपमा मन्दिर पुन:निर्माण भइरहेको छ ।”

    दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले सहयोग गरिरहेकाले चालु आवभित्रै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेलमैदानलगायत पूर्वाधार निर्माण हुने उनले बताए ।

    अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुन:निर्माण भइरहेको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका ल्याइएकाे छ । 

    ललितपुरका कालीगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ । मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ ।


    प्रकाशित : शनिबार, चैत्र २३ २०८१०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार