२०८३, कार्तिक १२ गते बिहीबार

नव युवा सहकारीमा महर्जनको नेतृत्व

नव युवा सहकारीमा महर्जनको नेतृत्व


  • मेरोभ्यूज
  • बैशाख ८, २०८२ सोमबार

  • नव युवा सहकारीमा महर्जनको नेतृत्व

    ललितपुर । नव युवा बचत तथा ऋण सहकारी सस्था लि., पाटनढोका, ललितपुरको चालू आ.व.मा सम्पन्न सत्रौ बार्सिक साधारणसभाले अध्यक्षमा ज्ञानीबाबु महर्जनलाई चयन गरेको छ ।

     

    उपाध्यक्षमा नबिना महर्जन, सचिबमा सबिना महर्जन, कोषाध्यक्षमा बिमला महर्जन, सह-सचिबमा रामकृष्ण महर्जनलाई साधारणसभाले चयन गरेको छ भने संचालक सदस्यहरुमा रत्नमैयाँ महर्जन अन्जु महर्जन, शोभा महर्जन र रवि शाक्य चयन भएका छन् ।

    त्यसैगरी लेखा संयोजकमा जीवन महर्जन चयन भएका छन् भने सदस्यहरुमा रिता महर्जन र रविन्द्र बाराही चयन भएका छन् ।

    यसैगरी चालू आ.व.मा प्रस्तुत वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी ३ करोड १३ लाख ७२ हजार २०० रुपैयाँको हुँदा बचत निक्षेप २८ करोड ६७ लाख २७ हजार ५६८ रुपैयाँ भइ ऋण लगानी २२ करोड २६ लाख ८३ हजार ७८९ रुपैयाँको भएको छ ।

    त्यसैगरी अन्य विविध गरी चालू आ.व.मा ३५ करोड ५४ लाख १६ हजार ९७७ रुपैयाँको कुल कारोबार गर्न सस्था सफल भएको छ ।

    साथै साधारणसभाले आ.व. २०८१ को बार्षिक प्रतिबेदन, आ.व. २०८२ को सस्थाको भावी नीति तथा कार्यक्रम, वासलात, आयव्यय, नगद प्रवाह विवरण, आ.व. २०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतको प्रस्तावहरु पारित गरेको छ।Nawayuwa Agm a.jpg

    यसैबीच अझ सशक्तताका साथ सस्था अगाडि बढाइने पूँजी वृद्धि गरिने र सदस्यहरुप्रति सेवा सुबिधामा ध्यान दिइने नव निर्वाचित अध्यक्ष ज्ञानीबाबु महर्जनले 'मेरो भ्यूज अनलाइन'लाई जानकरी दिए ।


    प्रकाशित : सोमबार, बैशाख ८ २०८२०८:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार