२०८३, कार्तिक १७ गते मंगलबार

‘औद्योगिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्न राज्य अग्रसर हुनुपर्छ’

‘औद्योगिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्न राज्य अग्रसर हुनुपर्छ’


  • मेरोभ्यूज
  • बैशाख १३, २०८२ शनिबार

  • ‘औद्योगिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्न राज्य अग्रसर हुनुपर्छ’

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढ्नुपर्ने बताएका छन् । 

    विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा उनले सो धारणा राखेका हुन् । 

    बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय टे«डमार्ककका विषयमा विवादहरु आउने गरेकाले यसको समाधानमा जोड दिए । उनले ट्रेर्डमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्ने बताए । 

    “नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्नेछ”, अध्यक्ष ढकालले भने । 

    विश्व बौद्धिक सम्पदा सङ्गठन (वाइपो)को अगुवाइमा सन् २००१ मा पहिलो विश्व आइपी दिवस मनाइएको थियो । 


    प्रकाशित : शनिबार, बैशाख १३ २०८२०९:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार