२०८३, कार्तिक ११ गते बुधबार

शहीदका पीडा बिर्सेका छैनौं-अध्यक्ष प्रचण्ड

शहीदका पीडा बिर्सेका छैनौं-अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • बैशाख १६, २०८२ मंगलबार

  • शहीदका पीडा बिर्सेका छैनौं-अध्यक्ष प्रचण्ड

    धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फुलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

    सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्षले शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै भने, “समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रमा पुर्‍याएर अगाडि बढाउनेछौं ।”

    उनका अनुसार अहिले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग संवाद भइरहेको छ ।

    अध्यक्ष दाहालले स्मरण गरे, “प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन शहीद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो।”

    अदालतको आदेशका कारण त्यो प्रक्रिया रोकिए पनि पार्टी अझै त्यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा रहेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले भने, “शहीदहरू राष्ट्रिय शहीद घोषित हुनु सन्तोषको कुरा हो ।” सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको जानकारी दिए ।

    आयोग बनेपछि राज्यले शहीद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनेछ । साथै, कम्तीमा एक जना परिवार सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानूनी व्यवस्था विधेयकमै रहेको जानकारी दिएको छ ।

    जनयुद्धमा समर्पित परिवारको योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले भने, “हामी तपाईंहरूका पीडा बिर्सेका छैनौं, बिर्सने पनि छैनौं ।”


    प्रकाशित : मंगलबार, बैशाख १६ २०८२११:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार