२०८३, कार्तिक १२ गते बिहीबार

जाेखिम बढ्याे
बढ्याे काेराेना संक्रमण, आज एक हजार १६७ संक्रमित थपिए

बढ्याे काेराेना संक्रमण, आज एक हजार १६७ संक्रमित थपिए

उपत्यकामा ६१५ जनामा संक्रमण पुष्टि


  • मेरोभ्यूज
  • पौष २५, २०७८ आइतबार

  • बढ्याे काेराेना संक्रमण, आज एक हजार १६७ संक्रमित थपिए

    काठमाडाैं । नेपालमा काेराेना संक्रमण लगातार बढिरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार एक हजार १६७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १२ हजार ६३२ नमूनाकाे परीक्षण गर्दा झण्डै १० प्रतिशतमा संक्रमण पुष्टि भएकाे छ । 

    मन्त्रालयका अनुसार आइतबार २ जनाकाे ज्यान गएकाे छ । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् । शनिबार ९४० जना संक्रमित थपिएका थिए । काठमाडौं उपत्यका भित्रमात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज २२४ जना काेराेना संक्रमण मुक्त भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार २३० पुगेको छ । नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३२ हजार ५८९ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ४१५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

    पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख २८ हजार ६२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५८ हजार ३७९ पुगेको छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ४५ हजार ४९३ रहेको छ ।

    अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०४ पुगेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १६ र आइसियुमा ७७ जना रहेका छन् । होम आइसोलेसनमा छ हजार १२७, संस्थागत आइसोलेसनमा ६२८ र क्वारेन्टिनमा ११३ रहेका छन् । 

    पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरुमा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरुमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ र र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ९०, ललितपुर ८०३ र भक्तपुरमा ५८८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


    प्रकाशित : आइतबार, पौष २५ २०७८०५:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार