काठमाडौं । लायन्स क्लब र भोमी अस्पतालको आयोजनामा साहारा ज्येष्ठ नागरिक समाजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब काठमाडमौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका–१० खोपासीस्थित साहारा ज्येष्ठ नागरिक समाजमा रहेका वृद्धवृद्धाको निःशुल्क स्वास्थ चेकजाँच गरिएको हो ।
२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० वर्षभन्दा माथिका वृद्धवृद्धा छन् । शिविरमा वृद्धवृद्धाको सामान्य परीक्षण, फिजियोथेरापी परामर्श, मधुमेह, ब्लड प्रेसर र पिसाबको परीक्षण र निःशुल्क मुटुको जाँच गरिएको हो । शिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।

