२०८३, कार्तिक १२ गते बिहीबार

एटलस सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरू पारित

एटलस सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरू पारित


  • मेरोभ्यूज
  • जेठ १०, २०८२ शनिबार

  • Atlos Saccos Agm 10a .jpg। एटलस बचत तथा ऋण सहकारी सस्था लि., कुलेश्वोर, काठमाडौंले १६औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    शनिबार सोल्टीमोड, काठमाडौंमा सस्थाका अध्यक्ष माणिकलाल प्रधान तथा रास्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष बिजयराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आ.व. २०८०/०८१ को लेखापरिक्षक प्रतिबेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने लाभांश वितरण सम्बन्ध, आगामी बजेट सम्बन्ध, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ५३ लाख ७५ हजार ३०० रुपैयाँ भइ निक्षेप हिसाब ४७ करोड ७१ लाख ८० हजार ७८४ रुपैयाँको भएको छ । यसैगरी ३७ करोड ५९ लाख ८६ हजार ६१५ रुपैयाँ कर्जा तथा लगानी रहेको सो सहकारीले १ करोड १० लाख ६६५ रुपैयाँ नाफा आर्जन गरी चालू आ.व.मा ६१ करोड ८९ लाख १९ हजार ७१५ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा वर्तमान घडिमा सहकारी क्षेत्रमा देखा परेको विविध उतार चढाव, चुनौतिलगायत समस्या समाधानका उपाय तथा चनाखो भइ सजकताका साथ सहकारी अगाडि बढ्नु पर्नेमा बक्ताहरु प्रमुख अतिथि बिजयराज घिमिरे, सस्थाका कार्यकारी प्रमुख ध्रुवरुद्र कर्मचार्य, सस्थाका अध्यक्ष माणिकलाल प्रधान र उपाध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले जोड दिएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि घिमिरे, ज्येष्ठ नागरिक, उत्कृष्ट कारोबारी तथा सहकारीका एक कर्मचारीसहितलाई नगद चाँदीको सिक्कासमेत प्रदान गरी सम्मान गरिएको थियो । विविध प्राविधिक कारणले गर्दा साधारणसभा पौष मसान्तसम्ममा गर्न नसकिएको जानकारीसमेत गराइएको थियो ।

    Atlos Saccos Agm 10b .jpg


    प्रकाशित : शनिबार, जेठ १० २०८२१०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार