२०८३, कार्तिक ११ गते बुधबार

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै च्याङ्ग्रा फार्म

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै च्याङ्ग्रा फार्म


  • मेरोभ्यूज
  • जेठ ११, २०८२ आइतबार

  • च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै च्याङ्ग्रा फार्म

    मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ ।

    फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशु विकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।

    च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित छ सय च्याङ्ग्रा छन् ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो ।

    हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि अलपत्र परेको केन्द्र स्थानीय उपभोक्ताले सम्हालेका हुन् ।

    राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन केन्द्रले एक जना फार्म व्यवस्थापकसहित पाँच जना गोठाला, एक जना पशु प्राविधिकको व्यवस्था गरेको छ ।

    केन्द्रका जनशक्ति व्यवस्थापन, तलब भत्ता उपलब्ध गराउनेदेखि च्याङ्ग्रालाई चाहिने दाना, घाँस औषधिउपचारलगायत उपकरणको व्यवस्था सरकारले गरेको छ ।

    आठ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका लागि कार्यालय स्थापना तथा फार्म निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको पशु प्राविधिक धीरज बरुवालले बताए ।

    केही स्थानीय र केही तिब्बती च्याङ्ग्रा ल्याएर च्याङ्ग्रापालनको नश्ल सुधार गरी पश्मिना उत्पादन तथा प्रवर्द्धनमा जोड दिने गरी स्थापना भएको फार्ममा पाठापाठी हुर्किरहेका छन् । केन्द्रमा बर्सेनी एक सय ५० भन्दा बढी च्याङ्ग्राको पाठापाठी उत्पादन हुने गरेका छन् ।


    प्रकाशित : आइतबार, जेठ ११ २०८२१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार