२०८३, कार्तिक १५ गते आइतबार

‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता

‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता


  • मेरोभ्यूज
  • जेठ १४, २०८२ बुधबार

  • ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता

    बेनी । सवारी दुर्घटना न्यूनिकरणको सन्देश फैलाउन बेनीमा हालै ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ ।

    म्याग्दी जेसिजको आयोजनामा भएको महिलाहरूबीचको उक्त प्रतियोगितामा सञ्जु जिसी प्रथम, सृजना थापा द्वितीय र कल्पना ढुङ्गाना तृतीय भएकी छिन ।

    प्रतियोगितामा १२ जना महिलाले सहभागिता जनाएका थिए । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने र बिस्तारै चलाउने बानीको विकास गराउन सवारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तिक्षेत्रीले जानकारी दिए ।

    त्यसैगरी हालै आयोजित महिला सटफुट प्रतियोगितामा मुना गर्बुजा प्रथम, कल्पना ढुङ्गाना द्वितीय र भिमा खड्का तृतीय भएका छन् भने पुरुष सटफुटमा मोहन खड्का प्रथम, जनक सोनाम द्वितीय र बलबहादुर आले तृतीय भएका थिए । महिला सटफुटमा १५ र पुरुष सटफुटमा १७ जनाले सहभागिता जनाएका थिए ।

    तीनवटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः नगद रु. एक हजार पाच सय, एक हजार र पाच सय नगदसहित ट्रफीद्वारा पुरस्कृत गरेका थिए ।

    कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री, शाखा अध्यक्ष घर्तिक्षेत्रीलगायत शाखाका पूर्वअध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए ।

    नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष खत्रीले म्याग्दी जेसिजले युवालाई लक्षित गरी आयोजना गर्ने कार्यक्रमहरू अनुकरणीय रहेको बताउँदै समाजमा युवाको भूमिका बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले सवारी चालकलाई बिस्तारै सवारी चलाउनु पर्छ भन्ने सकारात्मक सन्देश फैलाउन प्रतियोगिताले सहयोग पुर्‍याएको जानकरी दिए ।


    प्रकाशित : बुधबार, जेठ १४ २०८२१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार