२०८३, कार्तिक १३ गते शुक्रबार

सिउरी न्यादी हाइड्रोपावरको आठौ बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

सिउरी न्यादी हाइड्रोपावरको आठौ बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • जेठ २१, २०८२ बुधबार

  • सिउरी न्यादी हाइड्रोपावरको आठौ बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

    काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले आठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    काठमाडौं, नक्सालमा हालै कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष गुरागाईद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आगामी आ.व. २०८१/०८२ को लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    कम्पनीको आ.व. २०७९/०८० मा निक्षेप आर्जित व्याज तथा आम्दानी रु. ७८,५७,७५१।७४ पैसा रहेकोमा आ.व. २०८०/०८१ मा रु. १,०१,४८,४४४।६४ पैसा हुन गएको आयोजित साधारणसभामा कम्पनीले जानकारी गराएको छ ।

    बाढी प्रकोप, महामारीलगायतका कारणले समय भन्दा केही ढिला हुन गए पनि कुशल व्यवस्थापनका कारण हाल निर्माण अन्य कार्यले गतिशीलता लिइरहेको पनि कम्पनीले जनाएको छ ।

    लम्जुङ जिल्लास्थित न्यादी खोलामा ४०.२७ मेगावाटको जलविद्युत आयोजना निर्माण सम्पन्न नजिक पुगेको समेत साधारणसभामा जानकारी गराइएको थियो ।


    प्रकाशित : बुधबार, जेठ २१ २०८२०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार