२०८३, कार्तिक १२ गते बिहीबार

ह्वात्तै बढ्यो कोरोना, थप २४४४ जनामा संक्रमण पुष्टि

ह्वात्तै बढ्यो कोरोना, थप २४४४ जनामा संक्रमण पुष्टि


  • मेरोभ्यूज
  • पौष २७, २०७८ मंगलबार

  • ह्वात्तै बढ्यो कोरोना, थप २४४४ जनामा संक्रमण पुष्टि

    काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो । १० हजार ६४८ ले पीसीआर र चार हजार ३८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा ३१३ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ७९८ पुगेको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३५ हजार ९२७ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ९६७ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

    पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ४८ हजार २३७ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६५ हजार २२८ पुगेको छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ४५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियुमा ९३ जना रहेका छन् । होम आइसोलेसनमा आठ हजार ८६७, संस्थागत आइसोलेसनमा ६५५ र क्वारेन्टिनमा ११३ रहेका छन् ।

    हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली छन् ।

    शून्य सङ्क्रमित रहेका जिल्लामा मुस्ताङ र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार ५२१, ललितपुर एक हजार ९० र भक्तपुरमा ६९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 


    प्रकाशित : मंगलबार, पौष २७ २०७८०८:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार