२०८३, कार्तिक १५ गते आइतबार

प्रथम निबन्धलेखन प्रतियोगिता सम्पन्न

प्रथम निबन्धलेखन प्रतियोगिता सम्पन्न


  • मेरोभ्यूज
  • आषाढ ११, २०८२ बुधबार

  • प्रथम निबन्धलेखन प्रतियोगिता सम्पन्न

    काठमडौं । नेपाल स्काउटको ७४औं स्थापना दिवस तथा मध्यपुर स्काउटको रजतजयन्तीको पावन अवसरमा मध्यपुर स्काउटद्वारा प्रथम मध्यपुर थिमि नगरव्यापी अन्तर-ट्रुपस्तरीय निबन्धलेखन प्रतियोगिता-२०८२ सम्पन्न गरेको छ ।

    व्यक्तित्व बिकासको लागि स्काउटको भूमिका बिषयक उक्त प्रतियोगितामा दस ट्रुपहरूबाट कुल वीस जना स्काउटहरूको सहभागिता रहेको थियो । स्थानीय आयुक्त श्री तुल्सीहरि प्रजापतिको सभाध्यक्षतामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठज्यूले स्काउटको महत्वपूर्ण प्याट्रोल प्रणाली सबै क्षेत्रमा लागू भएमा असल समाज तथा समृद्ध राष्ट्र अवश्य निर्माण हुने भन्ने धारणा व्यक्त गर ।

    मध्यपुर स्काउटका सक्रिय स्काउटर श्री सुनिल वर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अतिथिको मन्तव्य राख्दै सल्लाहकार, नि-वर्तमान स्थानीय आयुक्त तथा सहायक राष्ट्रिय प्रशिक्षक श्री हरिबहादुर श्रेष्ठले रक्तरक्तमा स्काउटिङ्ग बगेमा मात्र सच्चा स्काउटर बन्न सकिने बिचार प्रकट गरे ।

    स्थानीय स्काउट कार्यालयका सल्लाहकार श्री बिष्णु श्रेष्ठ, शैक्षिक पध्दति आयुक्त श्री दिलकृष्ण प्रजापतिलगायत स्थानीय स्काउटरहरू, विभिन्न बिद्यालयका शिक्षकहरू तथा स्काउटहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा अघिल्ला मध्यपुर मेडोल क्याम्पका केही बाँकी पुरस्कारहरू पनि बितरण गरिएको थियो ।


    प्रकाशित : बुधबार, आषाढ ११ २०८२०८:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार