२०८३, कार्तिक १५ गते आइतबार

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै


  • मेरोभ्यूज
  • आषाढ २०, २०८२ शुक्रबार

  • गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै

    कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमूत्र निकासको राम्रो प्रबन्ध गरिएकी छिन ।

    गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमाझैँ सङ्क्रामक रोग देखिन छाडेको छ ।

    दूध उत्पादन पनि वृद्धि भएको छ । ''पम्परागत गोठमा पशु चौपायाको मलमूत्र व्यवस्थापन नहुँदा दुर्गन्धित हुन्थ्यो'', विष्टले भनिन, ''गोबर र मूत्र माटोमा मिसिँदा हिलाम्मे हुन्थ्यो, अहिले पहिले जस्तो छैन ।''

    गोठमा मल एकातर्फ र मूत्र ट्याङ्कीमा जम्मा हुने बनाइएकी छिन । गोठ सुधारका लागि तराई भूपरिधि कार्यक्रम ताल र सामुदायिक वन समन्वय समिति सिएफसिसी कञ्चनपुरले आर्थिक सहयोगसँगै दक्ष प्राविधिक व्यवस्था गरी गोठ सुधार गरिएका हुन् ।

    सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार गणेशपुर गाउँका पशुपालक ६५ किसानको गोठ सुधार गरिएको हो ।

    ''गोठ सुधारसँगै किसानलाई घाँस, चारो खुवाउन डुँड उपलब्ध गराएका छौँ'', उनले भने, ''गोठमा लामखुट्टे, झिङ्गा, मुसा र परजीविको समस्या हट्दा पशु मात्रै नभएर किसानलाई पनि सङ्क्रामक रोगको समस्या घटेको छ ।''

    उनका अनुसार सुधारिएको गोठबाट सङ्कलित गोबर किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् । पशु चौपायाको मलमुत्रमा नाइट्रोजन, पोटासलगायत पूर्ति हुने भएकाले किसानहरु रासायनिक मल खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

    ''गोठ सुधार गर्नु भनेको संरचना बनाउनु मात्रै होइन'', सामुदायिक वन समन्वय समितिका निर्मल भट्टले भने, ''पशुपालन व्यवसायको समग्र उत्पादनशीलता वृद्धि र दिगोपन सुधार पनि हो ।''


    प्रकाशित : शुक्रबार, आषाढ २० २०८२०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार