२०८३, कार्तिक १५ गते आइतबार

भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रममन्त्री भण्डारी

भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रममन्त्री भण्डारी


  • मेरोभ्यूज
  • आषाढ २०, २०८२ शुक्रबार

  • Sharadsingh Bhandari Labour Minister Ktm 20a .jpg

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दवावको अगाडि आफू नझुक्ने बताएका छन् । र्‍याडिसन होटलमा हालै भएको नेपाल वैदेशिक रोजगार व्यावसायी नेवा: समाजको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । 

    रोजगारीको लागि ‍विदेश गएका नेपालीहरु विगत १६ वर्षमा १४ हजारले ज्यान गुमाउनु गम्भिर विषय भएको उल्लेख गर्दै श्रममन्त्री भण्डारीले श्रम र पसिना बगाउन पुगेका नेपालीहरु जीवन गुमाउनु दुर्भाग्य भएको बताए ।

    वैदेशिक रोजगारका नाममा दिनहु सयौं व्यक्तिलाई ठग्ने कार्य कदापी स्वीकार्य नहुने बताए ।

    वैदेशिक रोजगार व्यावासय सम्मानजनक हुन सक्ने अवस्था रहँदा रहँद्दै व्यावसायीले आफू व्यावसायी भनेर सम्मानपूर्वक भन्‍न नसक्ने अवस्था आएको बताए ।

    वैदेशिक रोजगारमा भएको जालसाजी र ठगीलाई इंगित गर्दै मन्त्री भण्डारीले व्यावसायीको व्यावसायिक धर्म भन्दा अन्य विषयमा केन्द्रित नहुन आग्रह गर्दै वैदेशिक रोजगारमा जाने श्रमिकको हक हितलाई समेत ध्यान दिन सुझाव दिएका छन् । 

    नेपालीहरु विदेशमा समेत न्यून ज्यालामा काम गर्नु परेको विषयमा आफ्नो ध्यान केन्द्रित भएको भनाइ राख्दै नेपालीहरुले अन्य मुलुकका श्रमिककै हाराहारीमा तलव सुविधा पाउनु पर्ने अडान व्यावसायीहरुबाट पनि आउनु पर्ने आवश्यकता देखाए ।

    यु.ए.ई. मा जाने श्रमिकलाई एक हजार दिराम भन्दा कमको डिमाण्ड ल्याए स्वीकार नहुने बताए । बढेको तलव भत्तामा कुनै दायाँबायाँ नगरी कडाइका साथ कार्यान्वय गर्ने भनाइ राख्दै आगामी दिनमा समेत श्रमिकको सुविधालाई क्रमश: बढाउने धारणा व्यक्त गरे ।

    वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकलाई विकासको सारथीको रुपमा हेर्नु पर्नेमा आफूले अन्तर्राष्ट्रिय मञ्चहरुमा गम्भिरतापूर्वक उठाइसकिएको धारणा व्यक्त गरे ।

    आन्तरिक होस या वैदेशिक रोजगारका समग्र क्षेत्रमा सुधारको लागि मन्त्रालयले आफ्नो कार्ययोजना अघि बढाइसकेको अवस्थामा सबै सरोकारवालाहरुले भावि सन्‍ततिको लागि एक ठाउँमा बसेर इमान्दारीपूर्वक कार्य गर्न जरुरी रहेको बताए ।

    Sharadsingh Bhandari Labour Minister Ktm 20c .jpg


    प्रकाशित : शुक्रबार, आषाढ २० २०८२१०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार