२०८३, कार्तिक १५ गते आइतबार

सीता दाहालको स्मृति दिवस : मानव सेवा आश्रममा अध्यक्ष प्रचण्ड

सीता दाहालको स्मृति दिवस : मानव सेवा आश्रममा अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • आषाढ २८, २०८२ शनिबार

  •  

    Pushpa Kamal Dahal Prachanda ktm 27a .jpg। समग्र माओवादी आन्दोलनकी अभिभावक आदरणीय कमरेड सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा आएका छन ।

    उनले आश्रममा आश्रित महानुभावहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराए र उनी स्वयं पनि उनीहरूसँगै बसेर खाना खाए ।

    अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

    साथै, मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए ।

    मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे ।

    Pushpa Kamal Dahal Prachanda ktm 27b .jpg


    प्रकाशित : शनिबार, आषाढ २८ २०८२१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार