२०८३, कार्तिक १५ गते आइतबार

‘आमा शिक्षा’ कार्यक्रम

‘आमा शिक्षा’ कार्यक्रम


  • मेरोभ्यूज
  • आषाढ ३२, २०८२ बुधबार

  • ‘आमा शिक्षा’ कार्यक्रम

    बागलुङ । झोलामा किताब, कापी, हातमा पानीको बोटल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकोजस्ता देखिने बागलुङका दस जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन् ।

    विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो । सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढशिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरेको छ ।

    बागलुङ सदरमुकामबाट दस मिनेटको दूरीमा पुगिने बागलुङ नगरपालिका–३ खहरेका दस जना आमा भर्खर कखरा सिक्दै छन् । उनीहरु आफ्नो नाम लेख्न सक्षम भएको छ ।

    खहरेको बसन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानाध्यापकसमेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रमअनुसार पहिले अक्षर चिनेका तीन जना आमा कक्षा २ र अक्षर नै नचिनेका सात जना आमा कक्षा १ मा भर्ना भएको छ ।

    कक्षा ३ सम्म अध्यापन हुने विद्यालमा अहिले जम्मा १६ जना मात्रै विद्यार्थी छन् ।

    दस जना आमा थपिएपछि २६ जना पुगेका छन् । विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका निजी विद्यालयमा जान थालेपछि विद्यालय जोगाउन आमा साक्षरता कार्यक्रम चलाइएको विद्यालयको प्रधानाध्यापक सरिता उप्रेती पाण्डेले जानकारी दिए ।

    विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक पढाउन सुरु गरेको हो । घरधन्दा सकेर किताब र कापी बोकी विद्यालय पुग्ने उनीहरु साँझ बिहान नातीनातिनासँगै गृहकार्य गर्ने गरेको बताउँछन् ।

    छपन्न वर्षमा कक्षा १ मा भर्ना भएकी खिमकुमारी कार्की गाउँमा प्रौढ कक्षामा आफूले पढ्न नपाएको भए पनि ‘आमा शिक्षा कार्यक्रम’ले पढ्ने चाहना पूरा गरिदिएको बताए ।

    अहिले फोटो हेरेर फोन गर्छु उनले भने, अक्षर चिनेपछि विदेशमा भएका छोरालाई आफैँले अक्षर चिनेर फोन गर्ने इच्छा छ । किताब र कापी च्यापेर विद्यालय जाँदा फुरुङ्ग उनी धुलोमैलो र माटाको स्कुल अहिले सिमेन्ट र कार्पेट बिछ्याउँदा विद्यार्थी घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेकामा चिन्तित छन् ।

    लालबहादुर खत्री लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालय विद्यार्थी घटेर सङ्कटमा परेपछि विद्यालय जोगाउन आफैँले पढ्न सुरु गरेको ६० वर्षीया मीनाकुमारी खत्रीले बताइन ।

    अक्षर नचिनेका आमाहरुलाई पढ्नेलेख्ने बनाउनु राम्रो काम भए पनि पढ्ने उमेरका बालबालिका विद्यालयमा थोरै हुनु दुःखद् भएको विद्यालयका प्रधानाध्यापक सरिता उप्रेती पाण्डे बताउँछिन् ।

    बाल शिक्षामा बर्सेनी १२ जनाभन्दा बढी बालबालिका भर्ना भए पनि १ कक्षा पुग्नेबेलामा विद्यार्थी सङ्ख्या शून्य हुने गरेको उनले जानकारी दिए ।


    प्रकाशित : बुधबार, आषाढ ३२ २०८२१०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार