२०८३, कार्तिक १५ गते आइतबार

नेपाल पर्वतारोहण संघको अध्यक्षको उम्मेदवारी घोषणा

नेपाल पर्वतारोहण संघको अध्यक्षको उम्मेदवारी घोषणा


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  • नेपाल पर्वतारोहण संघको अध्यक्षको उम्मेदवारी घोषणा

     

    काठमाडौं । आगामी भदौ ७ गते हुने नेपाल पर्वतारोहण संघको निर्वाचनको अध्यक्षको उम्मेदवारी घोषणा भएको छ ।

    काठमाडौं, लाजिम्पाटमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी उम्मेदवार फुर ग्याल्जे शेर्पा (फुर्वा)ले आफू संघको आसन्न निर्वाचनमा अध्यक्षमा लड्ने घोषणा गरेका हुन ।

    आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफूले निर्वाचनमा जित हासिल गरे पर्वतारोहण क्षेत्रलाई अझ सशक्त र प्रवाहशाली बनाउने प्रतिबद्धता जाहेर गर्दै पर्यटन विश्वविद्यालय निर्माणका लागि पहल गर्ने र हिमाल आरोहीहरुलाई स्वदेश तथा विदेशमा अझ सम्मानित नगरिक बनाउने अभियानमा जोड दिने बताए ।

    त्यसैगरी हिमाली पर्यटन क्षेत्रमा देखा परेका विभिन्न उतारचढावहरुलाई नीतिगतरुपमै सहज, सरल बनाउने र स्वदेशी, विदेशी पर्यटकहरुलाई हिमाली पर्यटन आकर्षणको केन्द्र बनाउनेसमेत अध्यक्षका प्रत्यासी शेर्पाले दाबी गरे ।

    संघको नजिकिदै गरेको निर्वाचनमा पर्यटन क्षेत्र गर्माएको छ भने सो पर्यटन क्षेत्रको आगामी अध्यक्षको हुने भन्ने जिज्ञासा बढेर गएको छ ।

    श्रोतका अनुसार हाल संघमा ८ सय भन्दा बढि मतदाताहरु रहेका छ्न भने ३५ सय भन्दा बढि नेपाली पर्वतारोहीहरु नेपालमा छन ।


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२१०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार