२०८३, कार्तिक १५ गते आइतबार

वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार गरिंदै

वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार गरिंदै


  • मेरोभ्यूज
  • श्रावण १५, २०८२ बिहीबार

  • वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार गरिंदै

     

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनीहरूका परिवारका लागि लक्षित राहत, उद्धार, सिप विकास तथा समन्वयका कार्यक्रम आगामी आर्थिक वर्षमा थप विस्तार गर्ने भएको छ ।

    वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा बिहीबार आयोजित अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले आ.व. २०८१/८२ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै भौतिक प्रगति ९३ दशमलव ६५ प्रतिशत तथा वित्तीय प्रगति चालुतर्फ ८२ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए ।

    बोर्डले मृतक कामदारका परिवारलाई आर्थिक सहायता, अङ्गभङ्ग तथा बिरामी कामदारलाई राहत, स्वदेश फिर्ता कामदारको उद्वार, वैदेशिक रोजगारमा गएकाहरुका सन्तानका लागि छात्रवृत्ति, स्वास्थ्य उपचार सहयोग, सिप विकास तालिम र सूचना-सञ्चार गतिविधिलगायत कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको डा. उप्रेतीले बताए ।

    बोर्डले उपलब्ध गराएको विवरणअनुसार आ.व. २०८१/८२ मा एक हजार दुई सय ५० मृतक कामदारका परिवारलाई राहत प्रदान गरिएको र वैदेशिक रोजगारमा जान चाहने १४ हजारभन्दा बढी युवालाई निःशुल्क सि विकास तालिम दिएको तथा महिला लक्षित आवासीय तालिम पनि चएको उल्लेख गरे ।

    त्यस्तै बोर्डले आगामी आ.व.मा सङ्घीय तथा प्रदेशसभा सदस्यहरुसँग अन्तर्क्रिया कार्यक्रममार्फत बोर्डले प्रदान गर्ने सेवा, चुनौती र सुधारका सम्भावनामाथि छलफल गर्ने बताएको छ ।

    साथै ‘रिटर्नी उद्यमी आइडल कार्यक्रम’मार्फत वैदेशिक रोजगारबाट फर्केका नेपालीलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यक्रम आगामी आ.व.मा समेटिने जनाएको छ ।

    कार्यक्रममा वैदेशिक रोजगार सेवा सम्बन्धी अन्तर्क्रिया तथा तालिम कार्यक्रम विकेन्द्रीकरण गरी प्रत्येक स्थानीय तहसँग सहकार्य गरेर वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार गर्दै थप प्रभावकारी बनाइने कार्यकारी निर्देशक डा. उप्रेतीले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , श्रावण १५ २०८२१०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार