२०८३, कार्तिक ११ गते बुधबार

कृषकलाई अनुदानमा कृषि उपकरण

कृषकलाई अनुदानमा कृषि उपकरण


  • मेरोभ्यूज
  • श्रावण १७, २०८२ शनिबार

  • कृषकलाई अनुदानमा कृषि उपकरण

     

    सुनसरी । यहाँको बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ ।

    नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

    उनका अनुसार २३ थान पावर टिलर, २० थान मिनिटिलर र २५ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ । यस्ता उपकरणले कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो ।

    उनले भने, “कृषकहरुले परिश्रम गरिरहेका छन् तर उपकरण अभावले अपेक्षित लाभ लिन सकेका छैनन्, नगरपालिकाले वितरण गरेका यी उपकरणले श्रम गर्न सजिलो बनाउनुका साथै उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।”

    नगरपालिकाले वर्षेनी कृषकलाई शतप्रतिशत अनुदानमा मल, बीउ, तथा अन्य कृषि उपकरण वितरण गर्दै आएका छन् ।


    प्रकाशित : शनिबार, श्रावण १७ २०८२०७:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार