काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आ.व. २०८१/०८२ को बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, बुद्धनगरमा शुक्रबार कम्पनीका अध्यक्ष चन्द्रप्रसाद बास्तोलाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने लेखापरीक्षण प्रतिवेदनसहित नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, निर्वाचन सम्बन्ध आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विशेष प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
कम्पनीले निर्माण गरिरहेको फेदीखोला (थुम्लुङ) जलविद्युत आयोजना ४.३ मे.वा. को कार्य सन्तोसजनक रहेको कम्पनीले जनाएको छ भने हाल कम्पनीको चुक्ता पूँजी रु. ४२,००,००,०००।०० रहेको छ । आ.व. २०८१/०८२ मा रु. २७ करोड २५ लाख ७६ हजार २३७।०० ऋण परिचालनसमेत भएको कम्पनीको आयोजित साधारणसभामा जानकारी दिएको छ ।
निर्माण कार्य आगामी पौषसम्म सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ भने आयोजनाको निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएकोमा विभिन्न बाढी पहिरोका कारण ४ करोड वृद्धि गरि ९८ करोड लाग्ने अनुमानसमेत गरिएको साधारणसभामा जानकारी गराइएको थियो ४९ प्रतिशत शेयरधनीहरुबाट र ५१ प्रतिशत बाणिज्य बैंकबाट ऋण जुटाइएको जानकारी दिँदै साधारणसभामा आयोजनाको विविध पक्षमा कम्पनी अध्यक्ष बास्तोलाले प्रकाश पारेका थिए ।
कम्पनीको आगामी कार्यकालका लागि संचालक समिति सदस्यहरू चन्द्रप्रसाद बास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।
-----

